हटलाइन नम्बर १०० मा फोन गरी गलत सूचना दिनेलाई महानगरीय प्रहरीले पक्रियो

काठमाडौं– आपराधिक घटना तथा दुर्घटना भएमा छिटो सूचना प्रवाह गर्न प्रहरी नियन्त्रण कक्षमा राखिएको हटलाइन नम्बर १०० मा फोन गरी झुठा सूचना दिने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । 

गलत सूचना दिँदै प्रहरीलाई हैरान पार्ने सिन्धुली कमलामाई नगरपालिका घर भई हाल गोकर्णेश्वर बस्दै आएका ३५ वर्षीय राजु लामा र धनकुटा हिले घर भई गोकर्णेश्वर नगरपालिका–४ बस्दै आएका २२ वर्षीया सरिता बस्नेतलाई पक्राउ गरिएको महानगरीय अपराध अनुसन्धान महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार मदिरा पिएर उपत्यकाका विभिन्न स्थानमा घटना घटेको छ भन्दै फोन गरेर गलत सूचना दिएको र उक्त कार्य नगर्न अनुरोध गर्दा प्रहरीलाई नै अश्लिल शब्द प्रयोग गरी हैरानी दिएपछि उनीहरुलाई पक्राउ गरिएको हो । 





  • प्रकाशित मिति : माघ १६, २०७५ बुधबार १९:२३:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया