भदौ ३१ गते मतदाता नामावली सार्वजनिक गरिने

निर्वाचन आयोगले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा निर्वाचन आचारसंहिता विपरीतका गतिविधि हुन नदिन सूक्ष्म अनुगमनको व्यवस्था गरेको बताएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले दल र त्यसका उम्मेदवारहरुलाई निर्वाचन आचारसंहिता र कानुनविपरीतका गतिविधि हुन नदिन आयोगले आवश्यक नीतिगत र संरचनागत व्यवस्था गरेको बताएका हुन् । 

सोमबार राष्ट्रियसभा अन्तरगतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उनले सो निर्वाचनमा उम्मेदवारहरुले गर्ने खर्चको सीमाबारे आयोगले एक हप्ताभित्र पुनरावलोकन गरी सार्वजनिक गर्ने जानकारी समेत दिए । 

आयोगले यही भदौ ३१ गते मतदाता नामावली सार्वजनिक गर्ने पनि जनाएको छ । आयोगका प्रमुख निर्वाचन आयुक्त थपलियाले आगामी निर्वाचन प्रयोजनका लागि मतदाता नामावली अध्यावधिक गर्ने काम अन्तिम चरणमा पुर्याएको र त्यसलाई यही ३१ गते सार्वजनिक गर्ने योजना रहेको पनि बताए । 

यसअघिको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनभन्दा कम खर्च हुने गरी आगामी मंसीर ४ गतेको निर्वाचन सम्पन्न गर्न आयोग प्रतिबद्ध रहेको पनि उनले बताए । 





  • प्रकाशित मिति : भदौ २७, २०७९ साेमबार १९:६:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया