विकासका लागि डोजर चलाउन तयार छु – मुख्यमन्त्री शाही

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशको विकासका लागि डोजर चलाउन पनि पछि नहट्ने बताएका छन् । 

राष्ट्रिय योजना आयोगले आज वीरेन्द्रनगरमा आयोजना गरेको पन्ध्रौँ योजना आधारपत्रको प्रारम्भिक मस्यौदा कर्णाली प्रदेश परामर्श बैठकलाई सम्बोधन गर्दै उनले श्रमप्रति सबैले सम्मान गर्नुपर्ने बताए । 

‘मुख्यमन्त्रीले पनि डोजर चलाउनुपर्छ,’ सबै जनप्रतिनिधिलाई हप्ताको एक दिन श्रममा लाग्न आग्रह गर्दै उले भने, ‘त्यो क्षमता नभए बेल्चा, कुटो कोदालो समाउन पनि पछि हट्नुहुँदैन ।’

स्थानीय तहले साना, प्रदेशले मझौला र संघीय सरकारले ठूला योजना निर्माण गर्ने उनले बताए । स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिँदै मुख्यमन्त्री शाहीले किसानका उत्पादनलाई प्रदेश सरकारले बजारीकरणमा सहजीकरण गर्ने जनाए । मुख्यमन्त्री शाहीले राष्ट्रिय योजना आयोगसँग कर्णालीका लागि अर्बौं बजेट ऊनी र सुतीका लागि विनियोजन गर्न माग गरे । 





  • प्रकाशित मिति : माघ १६, २०७५ बुधबार २०:२०:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया