कोभिड-१९ र डेंगुुबाट  बच्न जनस्वास्थ्यका मापदण्ड पालना गर्न तिमिल्सनाको आग्रह

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोभिड, डेंगुुलगायत रोगबाट बच्न जनस्वास्थ्यका आधारभूत मापदण्डको पालना गर्नुपर्ने बताएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजना तथा विश्व स्वास्थ्य संगठनको प्राविधिक सहयोगमा जनस्वास्थ्यका विषयमा प्रदेश सभाको भूमिका सम्बन्धी दुई दिने अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष तिमिल्सिनाले यस्तो बताएका हुन् । 

कोभिड–१९ को नियन्त्रणसँगै हाल डेंगु लगायतका सरुवा रोग, विभिन्न संक्रामक रोग र नसर्ने रोगले समेत मानव स्वास्थ्यमाथि गम्भीर समस्या उत्पन्न गरिरहेको भन्दै अध्यक्ष तिमिल्सिनाले यी सबै रोगहरुको नियन्त्रणमा संवेदनशील भएर गहन अध्ययन गर्नुपर्नेमा जोड दिए । 

कोभिड–१९ को महामारीपछि जनस्वास्थ्यका विषयमा जनप्रतिनिधिहरु गम्भीर रहेको र उनीहरुको भूमिकाका बारेमा आफूहरु निरन्तर छलफल गरिरहेको अध्यक्ष तिमिल्सिनाले बताए । 

जनस्वास्थ्य जस्तो संवेदनशील विषयमा राज्यको एउटा निकायले मात्रै जिम्मा लिएर नहुने भन्दै अध्यक्ष तिमिल्सिनाले संघ र प्रदेशसँगै स्थानीय तहलाई पनि जोड्नुपर्ने बताए । 

प्रदेश सभाको कार्यकाल सकिन लागेकोतर्फ सचेत गराउँदै अध्यक्ष तिमिल्सिनाले अब प्रदेश सभाले अहिलेसम्म गरेको कामको समीक्षा गर्नुपर्ने बेला भएको बताए । 





  • प्रकाशित मिति : भदौ २७, २०७९ साेमबार २०:३९:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया