काठमाडौंमा जारी छैटौं संस्करणको महिला साफमा आज समूह ‘ए’ को समूह चरणका अन्तिम दुई खेल हुँदैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा माल्दिभ्स र पाकिस्तान भिड्नेछन् । खेल दिउँसो १ बजे सुरु हुनेछ ।
प्रतियोगिताबाट बाहिरिसकेका यी दुवै टोली आज जितका साथ प्रतियोगिताको अन्त्य गर्ने सोचमा छन् । यस्तै, भारत र बंगलादेशबीच हुने दोस्रो खेल साँझ साढे ५ बजे सुरु हुनेछ ।
दुवै टोली आज जित निकाल्दै समूह विजेताका रूपमा सेमिफाइनल पुग्ने योजनामा छन् । भारत र बंगलादेश सेमिफाइनलमा प्रवेश गरिसकेका छन् । यो खेलले समूह विजेता र उपविजेता तय गर्नेछ ।
यसअघि भारतले पाकिस्तानलाई ३–० र माल्दिभ्सलाई ९–० ले तथा बंगलादेशले माल्दिभ्सलाई ३–० र पाकिस्तानलाई ६–० ले हराएका थिए ।
समूह ‘बी’ बाट नेपाल र भुटानले सेमिफाइनलमा स्थान पक्का गरिसकेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।