प्रधानमन्त्री देउवासहित शीर्ष नेतासँग भेट गर्दै चिनियाँ सभामुख ली

चिनियाँ सभामुख ली चाङ्सुले आज प्रधानमन्त्री शेरबहादुर देउवासहित शीर्ष नेतासँग भेट गर्ने भएका छन् । 

तीन दिने भ्रमणका लागी सोमबार नेपाल भ्रमणका आएका लीले प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रतिपक्षी दलका नेता एमाले अध्यक्ष केपी ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेश निमल्सिना, परराष्ट्रमन्त्री डा. नारायण खड्कासहित शीर्ष नेतासँग भेटवार्ता गर्नेछन् । 

नेता लीसँग राष्ट्रिय सभाका अध्यक्ष तिमल्सिनाले मंगलबार बिहान सवा ९ बजे संघीय संसद भवनमा भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । लीले संसद भवनमै बिहान १० बजे प्रमुख प्रतिपक्षी दलका नेता एमाले अध्यक्ष ओलीसँग भेट गर्नेछन् ।

पौने ११ बजे नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डसँग भेट गर्ने कार्यसूची सार्वजनिक भएको छ । लीले केही समय संसद भवनमा अन्य सांसदसँग संवाद गर्ने कार्यक्रम छ ।

मंगलबार दिउँसो ३ बजे सभामुख लीले परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेट गर्नेछन् । प्रधानमन्त्रीसँगको भेट अपरान्ह ४ बजे हुनेछ । 
 





  • प्रकाशित मिति : भदौ २८, २०७९ मंगलबार १०:२६:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया