चिनियाँ नेता ली र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

नेपाल भ्रमणमा रहेका चिनियाँ सभामुख ली चाङ्सु र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। 

मंगलबार बिहान नयाँ बानेश्वरस्थित संसद भवनमा भएको भेटवार्ता भेटमा ओलीसँगै नेकपा एमालेका तर्फबाट सुवास चन्द्र नेम्बाङ, अष्टलक्ष्मी शाक्य, राजन भट्टराई, विष्णु रिमाललगायत नेताको पनि सहभागिता रहेको थियो ।

ली चाङ्सुले आज नै प्रधानमन्त्री शेरबहादुर देउवासहित शीर्ष नेतासँग भेट गर्ने भएका छन् । 

तीन दिने भ्रमणका लागी सोमबार नेपाल भ्रमणका आएका लीले प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रतिपक्षी दलका नेता एमाले अध्यक्ष केपी ओली, परराष्ट्रमन्त्री डा. नारायण खड्कासहित शीर्ष नेतासँग भेटवार्ता गर्नेछन् ।  





  • प्रकाशित मिति : भदौ २८, २०७९ मंगलबार ११:२२:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया