नेपाल भ्रमणमा रहेका चिनियाँ सभामुख ली चाङ्सु र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको छ । मंगलबार बिहान नयाँ बानेश्वरस्थित संसद भवनमा दुई नेताबीच भेटवार्ता भएको हो।
भेटमा माओवादी केन्द्रका अन्य शीर्ष नेताको पनि सहभागिता रहेको थियो । भेटका क्रममा दुई देश र पार्टीबीचको सम्बन्धका साथै विविध विषयमा छलफल भएको बताइएको छ ।
यसअघि लीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेका थिए । लीले आजै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने बताइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।