शो दिएन भनेर मेरो बदनाम गर्न खोजियोः भुवन केसी

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपाली सिनेमालाई हल नदिएको आरोप लगाएर आफ्नो बदनाम गर्न खोजिएको भन्दै आपत्ति जनाएका छन् । 

मंगलबार नेपाली चलचित्र ‘सायरा’ निर्माण हुने जानकारी दिन काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । 

अध्यक्ष केसीले आफू र चलचित्र विकास बोर्डले नेपाली सिनेमालाई हल दिएन भनेर नकारात्मक हल्ला फैलाइ आफ्नो बदनाम गर्ने कोशिश भएको बताए । 

उनले चलचित्र विकास बोर्डले चलचित्र विकासका लागि काम गरिरहेको भन्दै आगामी दिनमा नेपाली चलचित्र क्षेत्रलाई उचाइमा पुर्‍याउने सुनाए । 

अध्यक्ष केसीले नेपाली सिनेमालाई नेपालमा नै सोचेजति साथ र सहयोग नमिलेको गुनासो गरे । 

बाहिरी देशका चलचित्रले पनि नेपालमा स्थान पाउनुपर्ने तर पहिलो प्राथमिकता भने नेपाली चलचित्रलाई नै हुनुपर्ने उनको तर्क छ । 



अध्यक्ष केसीले चलचित्र क्षेत्रको विकासका लागि सरकार सकारात्मक रहेको उल्लेख गर्दै चलचित्रका केही नीति, नियम परिवर्तन गर्न जरुरी रहेको पनि बताए ।

कार्यक्रममा नेपाली चलचित्र सायरा निर्माण हुने बारेमा जानकारी गराइएको थियो । फिल्मको नाम सार्वजनिक गर्दै चलचित्रका कलाकारहरुको बारेमा कार्यक्रममा जानकारी गराइएको थियो । 



चलचित्र सायरामा आर्यन सिग्देल, कविता नेपाली लगायतका कलाकारहरुको अभिनय रहनेछ । 

चलचित्र बलिउडका विशाल देसाईले निर्देशन गर्ने छन् भने सोसल ड्रामा र लभ स्टोरीमा आधारित फिल्मको ९० प्रतिशत छायांकन अस्ट्रेलिया र १० प्रतिशत छायांकन नेपालमा हुनेछ । 

अस्ट्रेलियाको सिड्नी र मेलबर्नमा छायांकन हुने चलचित्रको कथावस्तु निर्माता रघु परियारको रहेको छ । 

  • प्रकाशित मिति : भदौ २८, २०७९ मंगलबार १५:१६:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया