यस्तो छ बुधबार बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची

प्रतिनिधिसभाको बैठक बुधबार बस्दै छ । बुधबार बिहान ११ बजे बस्ने बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरिएको छ । 

सम्भावित कार्यसूची दुई बुँदे रहेको छ । पहिलो बुँदामा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने रहेको छ । 

साथै दोस्रो बुँदामा गृह मन्त्री बालकृष्ण खाँणले कारागार विधेयक, २०७८ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने रहेको छ ।  





  • प्रकाशित मिति : भदौ २८, २०७९ मंगलबार १५:५५:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया