पाँच विधेयक प्रमाणीकरण, नागरिकता विधेयक अन्योलमा
फरकधार / २८ भदौ, २०७९

राष्ट्रपति विद्यादेवी भण्डारीले पाँचवटा विधेयक प्रमाणीकरण गरेकी छन् । राष्ट्रपति भण्डारीले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेस हुन आएका पाँचवटा विधेयक प्रमाणीकरण गरेकी हुन् । 



राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम तथ्यांकसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, स्टाण्डर्ड नाप र तौल ऐन, २०२५ लाई संशोधन गर्न बनेको विधेयक, प्रत्यायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, सार्वजनिक पदधारण गर्ने व्यक्तिको शपथ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, योगमाया आयुर्वेद विश्वविद्यालयको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई प्रमाणीकरण गरेकी हुन् ।

तर, राष्ट्रपति भण्डारीले सन्देशसहित पुनः सदनमा फिर्ता पठाएको नेपालको नागरिकतासम्बन्धी पहिलो संशोधन विधेयकलाई दुवै सदनबाट पारित गरी पुनः प्रमाणीकरणका लागि पठाए पनि उक्त विधेयक रोकेकी छन् ।





  • प्रकाशित मिति : भदौ २८, २०७९ मंगलबार १८:२७:४९,   अन्तिम अपडेट : भदौ २८, २०७९ मंगलबार १८:३१:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया