पल शाह प्रकरण : किशोरीले क्षतिपूर्तिबापतको रकम नलिने !

अभिनेता पल शाहबाट बाल यौनदुरुपयोग भएकी भनिएकी किशोरीले आफ्नो समस्यालाई आफ्नै घरको घटना जस्तो सम्झेर नियालिदिन पनि सबै पक्षसँग अनुरोध गरेकी छन् । 

सामाजिक सञ्जालमार्फत उनले आफ्नाविरुद्ध बनेका सामाजिक सञ्जालमा लज्जास्पद तस्बिर र गाली गलौजले मानसपटलमा नकरात्मक प्रभाव परेको बताएकी छन् ।

उनले भनेकी छन्, ‘सामाजिक सञ्जालमा मेराविरुद्ध बनेका लज्जास्पद तस्बिर र गाली गलौजले गर्दा मेरो मानसपटलमा नकरात्मक प्रभाव परेको छ। कृपया आफ्नै घरको घटना जस्तो सम्झेर मेरो  समस्यालाई नियालि दिनुहोला ।’ आफूमाथि भएको घटना नेपालको कलाकारिता क्षेत्रका निम्ति नै दुःखद घटना भएको उनको भनाइ छ । 

नवलपरासी अदालतले पल शाहलाई बलात्कार आरोपमा सफाइ दिएको छ । तर, बाल यौनदुरुपयोग आरोपमा भने दोषी ठहर गर्दै १० लाख क्षतिपूर्ति भर्ने फैसला गरेको छ । 

पीडित भनिएकी किशोरीले क्षतिपूर्ति  बापत वा अन्य कुनै पनि रकम माग नगरेको उल्लेख गरेकी छन् । क्षतिपूर्ति बापतको उक्त रकम लिने आफ्नो मनसाय नभएको पनि उनले बताएकी छन् । ‘म आफ्नो अस्मिता रक्षाका लागि  आफ्नो ठाउँमा अडिग छु’, उनले भनेकी छन् ।  

नवलपरासी जिल्ला अदालतले फैसला सुनाए पनि तनहुँ अदालतमा भने सो मुद्दा विचाराधीन नै छ ।





  • प्रकाशित मिति : भदौ २८, २०७९ मंगलबार २१:५९:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया