शाहरुखको नयाँ फिल्म ‘जवान’ को एक्सन सिक्वेन्समा दुई सय महिला
फाइल फाेटाे

बलिउड अभिनेता शाहरुख खान हालै रिलिज फिल्म ‘ब्रह्मास्त्र’ केमियो भूमिकामा देखिएका थिए । उनको भूमिकालाई दर्शकले मन पनि पराए । यसबाहेक उनी ‘लाल सिंह चड्डा’मा पनि केमियोमै थिए ।

शाहरुख पछिल्लोपटक सन् २०१८ मा फिल्म ‘जीरो’ मा प्रमुख भूमिकामा देखिएका थिए । सन् २०२३ मा यी अभिनेता तीन फिल्ममा देखिँदैछन् । जसमा फिल्म ‘जवान’ पनि छ ।

समाचारअनुसार शाहरुखको ‘जवान’ को एक्सन सिक्वेन्सको सुटिङमा दुई सय महिला हुनेछन् । शाहरुख यसै साता इटली कुमारको निर्देशनमा बनिरहेको फिल्मको एक एक्सन दृश्य चेन्नईमा सुटिङ गर्दैछन् । यसका लागि मुम्बईमा ठूलो सेट बनाइएको छ भने दुई सयदेखि दुई सय ५० जनासम्म महिला प्रवर्द्धन अधिकारीको भीड जम्मा गरिनेछ ।

यो एक्सन सिक्वेन्स सात दिनसम्म छायांकन गरिनेछ । त्यसपछि बाँकी तीन हप्ताका लागि शाहरुख फिल्मका अन्य दृश्य सुटिङमा व्यस्त हुनेछन् ।





  • प्रकाशित मिति : भदौ २९, २०७९ बुधबार १४:५९:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया