नवौँ राष्ट्रिय खेलकुदका ३६ वटै खेलस्थल तय, सुटिङ काठमाडौंमै हुने

आसन्न नवौं राष्ट्रिय खेलकुदमा प्रतिस्पर्धा हुने ३६ वटै खेलको खेलस्थल तय भएको छ । बुधबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले खेलकुदमा प्रतिस्पर्धा हुने तय भएका सबै खेलहरुको खेलस्थल सार्वजनिक गरेको हो । 

राखेपका अनुसार सुटिङ काठमाडौंमा हुनेछ । यस्तै, पौडी भने अन्त्यमा पोखरामै राखिएको छ । खेलकुदका ३६ खेलमा दुई खेलबाहेक अन्य खेलहरु गण्डकी प्रदेशमै हुने भएका छन् । 

यसअघि राखेपले गण्डकी प्रदेशका ११ वटै जिल्लामा खेलकुद गर्ने भने पनि कास्की, म्याग्दी, बाग्लुङ, नवलपुर र पर्वत गरी पाँच जिल्लामा हुनेछ भएको छ ।

नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष क्रिकेट  भने हाल त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा जारी छ । प्रतियोगिता २८ असोजबाट ३ कात्तिकसम्म हुँदै छ ।





  • प्रकाशित मिति : भदौ २९, २०७९ बुधबार १८:३९:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया