१७ हजार चिनियाँलाई आजीवन गाडी चलाउन प्रतिबन्ध

एजेन्सी– चीनले आफ्ना १७ हजारभन्दा बढी नागरिकलाई गाडी चलाउन आजिवन प्रतिबन्ध लगाएको छ । यो प्रतिबन्ध २०१८ मा सवारीसम्बन्धी कानुनको उल्लंघन गर्ने, मदिरा सेवन गरी सवारी चलाउने, हिट एन्ड रनमा पक्राउ परेका चिनियाँहरुलाई लगाइएको हो । 

चीनको जनसुरक्षा मन्त्रालयका अनुसार १७ हजार २ सय ६४ मानिसलाई गाडी चलाउन प्रतिबन्ध लगाइएको छ । मन्त्रालयका अनुसार यसमा ५ हजार १ सय ४९ मदिरा सेवन गरी गम्भिर दुर्घटना गराएको केसमा दोषी छन्, १२ हजार १ सय १५ मानिस हिट एन्ड रनमा पक्राउ परेका मानिसहरु रहेका छन् । 

चिनियाँ जनसुरक्षा मन्त्रालयको जानकारीअनुसार देशमा २०१८ मा दुई करोड २८ लाख भन्दा बढी नयाँ सवारी साधन र दुई करोड २५ लाखभन्दा बढी नयाँ चालक पञ्जीकृत भएका छन् । योबाहेक २०१८ मा ८६ हजार किलोमिटरसम्म नयाँ राजमार्ग पनि निर्माण भएको छ ।  
 





  • प्रकाशित मिति : माघ १७, २०७५ बिहीबार ८:२५:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया