दूरसञ्चारले दर्ता नभएका मोबाइल बन्द गर्दै, आफ्नो मोबाइल दर्ता भए / नभएको कसरी थाहा पाउने?
फाइल तस्बिर

नेपाल दूरसञ्चार प्राधिकरणले आजबाट सिस्टममा चेक गरेर मात्र मोबाइल खरिद गर्न आग्रह गरेको छ । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) आजबाट लागू गर्दै प्राधिकरणले ग्राहकलाई आफूले खरिद गर्न लागेको मोबाइल सिस्टममा चेक गरेर मात्र खरिद गर्न आग्रह गरेको हो ।

लामो समयदेखि कार्यान्वयनमा आउने भनिएको यो प्रणाली नियामकले बिहीबारदेखि सञ्चालनमा ल्याएको हो । यससँगै मोबाइल सेटको गैर कानुनी आयात, बिक्री वितरण तथा प्रयोगलाई निरुत्साहित गरी थप व्यवस्थित बनाइने र चोरी भएका तथा हराएका मोबाइल सेटको ट्रयाकिङ तथा ब्लकिङ गरी नेपालभित्र त्यस्ता मोबाइल नचल्ने व्यवस्था गरिएको छ ।

यद्यपि ३० भदौ २०७९ गतेसम्म विदेशबाट व्यक्तिगत तवरमा ल्याइएका मोबाइल सेट लगायत आजको मितिसम्म चालू रहेका सबै मोबाइल सेटहरू स्वतः एमडीएमएस प्रणालीमा दर्ता हुने व्यवस्था मिलाइएको छ ।

नियामक नेपाल दूरसञ्चार प्राधिकरणले नेपालभित्र अवैध मोबाइल नचल्ने गरी बिहीबारदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट (एमडीएमएस) प्रणाली लागू गरेको छ । यससँगै आजबाट अर्थात् २० भदौ २०७९ पश्चात् एमडीएमएसमा दर्ता नभएका मोबाइल नेपालभित्र चल्नै छैनन् ।

तपाईँसँग रहेको मोबाइल दर्ता छ कि छैन भनेर कसरी थाहा पाउने? 
तपाईँसँग भएको वा  बजारमा खरिद गर्न चाहेको मोबाइल वैधानिक हो कि अवैध बाटोबाट भित्र्याइएको हो ?  त्यो कसरी थाहा पाउने भन्ने जिज्ञासा तपाईँमा हुनु स्वाभाविकै हो । 

आज हामी तपाईँलाई तपाईँसँग भएको वा बजारबाट तपाईँले किन्न चाहेको मोबाइल अवैध हो वा होइन भन्ने विषय कसरी थाहा पाउने भन्ने विषयमा टिप्स दिँदै छौँ । यसका लागि सबैभन्दा पहिला तपाईँले थाहा पाउन खोजेको मोबाइलको आईएमईआई हेर्नुपर्ने हुन्छ ।



सिम कार्ड प्रयोग हुने हरेक उपकरणमा १५ अङ्कको आईएमईआई रहेको हुन्छ । जुन एक अर्कासँग मेल खाँदैन । एक किसिमले आईएमईआई नम्बर सिम कार्ड लाग्ने कुनै पनि उपकरणको परिचय हो ।

तपाईँले आफ्नो मोबाइलमा *#06# डायल गरी त्यसको आईएमईआई नम्बर पत्ता लगाउन सक्नुहुन्छ । तर बजारमा भएको नयाँ मोबाइलको आईएमईआई नम्बरका लागि के गर्ने त ?



चिन्ता नलिनुहोस्, हरेक नयाँ मोबाइल सेटको बक्समा आईएमईआई नम्बर दिइएको हुन्छ । अब आईएमईआई नम्बर पत्ता लगाइसकेपछि यहाँ क्लिक गर्नुहोस् र त्यसलाई भित्रको खाली बक्समा राखेर निलो रङ्गको बटनमा थिच्नुहोस् ।

यति गरेसँगै उक्त मोबाइल प्राधिकरणको एमडीएमएसमा दर्ता रहे/नरहेको तथा प्रयोगमा आए/नआएको जानकारी पाउन सकिन्छ । 

  • प्रकाशित मिति : भदौ ३०, २०७९ बिहीबार १३:२४:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया