कुन पार्टीको समर्थनमा हुँदै छ बालेनविरुद्ध महानगर घेर्ने आन्दोलन ?

काठमाडौं महानगरपालिकाविरूद्ध फुटपाथ व्यवसायी आन्दोलित भएका छन् । जिफन्ट निकट नेपाल स्वरोजगार श्रमिक व्यापार संघले फुटपाथ व्यवसायी र साना व्यवसायीलाई विकल्प नदिई हटाएको भन्दै महानगरपालिकाको कार्यालय घेराउ गर्दै आन्दोलनमा उत्रिएका हुन् ।

बिहीबार बिहान ११ बजे सुन्धारामा जम्मा भएर साना व्यवसायीहरू भद्रकाली हुँदै महानगर कार्यालय परिसरमा पुगेका हुन् । महानगरले फुटपाथ र साना व्यवसायीहरूलाई विना सूचना निर्मम ढंगले लखेट्न खोजेकाले आफूहरू आन्दोलनमा उत्रनुपरेको संघले जनाएको छ ।

सडकपेटी तथा गल्लीहरूमा व्यापार गरेर जीवन चलाउने निम्न वर्गीय स्वरोजगार श्रमिकहरूको सामान कब्जा गर्ने, श्रमिकहरूलाई हातपात र गिरफ्तार गर्ने जस्ता अमानवीय व्यवहार गरेको र विकल्पको व्यवस्था नै नगरी गरिखाने श्रमिकहरूलाई बेरोजगार बनाउने काम गरेको भन्दै महानगरविरुद्ध आन्दोलित भएका हुन् । 

कुन पार्टी निकट छ जिफन्ट? 
सडक तथा गल्लीहरूमा व्यापार गर्ने व्यवसायीहरुको नाममा आन्दोलन चर्काउन सक्रिय मजदुरहरूको संगठन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) नेकपा एमालेको जन वर्गीय संगठन हो  । जिफन्टलाई एमालेले युवा संघ, अनेरास्ववियु पछि तेस्रो शक्तिशाली संगठनको रुपमा मान्यता दिएको छ । 

काठमाडौ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को अतिक्रमण खाली गराउने अभियानलाई एमालेका नेताहरूले खुलेरै विरोध गरिरहेका छन् । नेता महेश बस्नेत बालेनको यो अभियानलै ठाडो चुनौती दिँदै आएका छन् । जिफन्टको अध्यक्षमा गत साउनमा दोस्रो कार्यकालका लागि विनोद श्रेष्ठ चयन भएका थिए । 



गोदावरीमा सम्पन्न आठौँ राष्ट्रिय महाधिवेशनबाट पुनः विनोद श्रेष्ठ सर्वसम्मत रूपमा अध्यक्ष चुनिएका छन् । उनी एमाले केन्द्रीय कमिटी सदस्यसमेत हुन् । शनिबारेदेखि सुरु महाधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए । 



  • प्रकाशित मिति : भदौ ३०, २०७९ बिहीबार १६:२१:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया