राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि बझाङका ६१ र बैतडीका ५८ विद्यालय छनोट

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि बझाङका ५१ विद्यालय छनोट भएका छन् । बुधबार बसेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मन्त्रीस्तरीय बैठकले जिल्लाका ६१ विद्यालय सो कार्यक्रमका लागि छनोट गरेको हो ।

जसमा जयपृथ्वी नगरपालिकाका ६ वटा विद्यालय छनोट भएका छन् । केदारस्यूँ गाउँपालिकाका ५ वटा, मष्टा गाउँपालिकाका ६ वटा, थलारा गाउँपालिकाका ४ वटा विद्यालय छनोट भएका हुन् । 

त्यसैगरी बुंगलन नगरपालिकाका ६ वटा, छविसपाथिभेरा गाउँपालिकाका २ वटा, तल्कोट गाउँपालिकाका ५ वटा र वित्थडचिर गाउँपालिकाका ६ वटा विद्यालय सिफारिस भएका हुन् ।

यता सुर्मा गाउँपालिकाका ४ वटा, साइपाल गाउँपालिकाका ३ वटा, दुर्गाथली गाउँपालिकाका ६ वटा र खप्तडछान्ना गाउँपालिकाका ८ वटा विद्यालय छनोट भएका हुन् । जिल्लामा सबैभन्दा वढी विद्यालय छनोट भएको खप्तडछान्ना गाउँपालिकाका ८ वटा विद्यालय छनोट भएका छन् । 

८ वटा विद्यालयमा ३ वटा विद्यालयमा आइसिटी कक्षा, ४ वटा विद्यालयमा २ कोठे भवन र एउटा विद्यालयमा ४ कोठे भवन निर्माणका लागी रकम विनियोजन भएको छ । 

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनोट भएका जयपृथ्वी नगरपालिकाका ६ वटा विद्यालयमा ३ वटा विद्यालयमा २ कोठे भवन परेको छ, भने, दुईवटा विद्यालयमा आइसिटी कक्षा र एउटा विद्यालयमा ४ कोठे भवन परेको हो ।



यसैबीच बैतडीमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि ५८ विद्यालय छनोट भएका छन् । आइसिटी ल्याब स्थापना, २ कोठे र ४ कोठे भवन निर्माणका लागि ५८ विद्यालय छनोटमा परेका हुन् । 

चालू आर्थिक वर्षमा बैतडीका २१ वटा विद्यालयमा आइसिटी ल्याब स्थापना हुनेछ भने ३७ वटा विद्यालयमा दुई तथा चारकोठे भवन निर्माण हुनेछ । 



राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा आवेदन दिएका २ सय २१ विद्यालयमध्ये सबैभन्दा बढी पुर्चौडी नगरपालिकाका १३ विद्यालय छनोट भएका छन् । यस्तै, मेलौली नगरपालिका ८, सिगास र सुर्नया गाउँपालिकाका ६÷६ वटा विद्यालय छनोट भएका छन् ।

यसैगरी, पाटन नगरपालिकाका ५ विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनोट भएका छन् । जिल्लाको डिलाशैनी गाउँपालिका, दशरथचन्द नगरपालिका, दोगडाकेदार गाउँपालिका, पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिकाका समान चार ÷चार वटा विद्यालय छनोटमा परेका हुन् । 

आइसिटी ल्याबका लागि ६ लाख ५० हजार बजेट विनियोजन गरिएको छ भने दुईकोठे भवनका लागि २५ लाख तथा ४ कोठे भवनका लागि ५० लाख बजेट विनियोजन गरिएको शिक्षा विकास तथा समन्वय एकाइ बैतडीका सूचना अधिकारी पुष्करराज शर्माले जानकारी दिए ।

  • प्रकाशित मिति : भदौ ३०, २०७९ बिहीबार १९:१३:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया