संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहान ११ बजे बस्ने बैठकमा राष्ट्रिय सभाबाट प्राप्त पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७९, बिमा विधेयक, २०७९ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले ‘न्याय परिषद र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन आव २०७७/०७८’ बैठकमा पेस गर्ने सम्भावित कार्यसूची छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धी पत्रको व्यहोरा सभामुखले पढेर सुनाउने छन् ।
राष्ट्रियसभाको बैठक दिउँसो १२:५९ बजे बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विभिन्न आयोगको प्रतिवेदन पेस गर्ने कार्यसूची छ ।
राष्ट्रियसभाको बैठकको कार्यसूची :
यस्तो प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची :
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।