राप्रपा नेपालका अध्यक्ष कमल थापाले टुकुचा खोला खोज्ने साहसिक काम गरेको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र उपमेयर सुनिता डंगोल धन्यवाद दिएका छन् । आफू सानो छँदा बागबजारदेखि पद्मोदय स्कुलसम्म टुकुचामा पौडी खेलेको उल्लेख गर्दै अध्यक्ष थापाले मेयर र उपमेयरलाई धन्यवाद दिएका हुन् ।
‘स्याबास बालेन! स्याबास सुनिता! हराएको टुकुचा खोला खोज्ने अर्को राम्रो र साहसिक कामको लागि धन्यवाद ! अध्यक्ष थापाले शुक्रवार सामाजिक सञ्जालमा लेखेका छन्, ‘सानो छँदा बागबजारदेखि पद्मोदय स्कुलसम्म टुकुचामा पौडी खेलेको रमाइलो सम्झना अझै ताजा छ । काठमाडौंका खोलानाला सफा, स्वच्छ र कलकल बग्ने होस्, शुभकामना ।’
स्याबास बालेन! स्याबास सुनिता!
— Kamal Thapa (@KTnepal) September 16, 2022
हराएको टुकुचा खोला खोज्ने अर्को राम्रो र साहसिक कामको लागि @ShahBalen @SunitaDangol10 लाई धन्यवाद
सानो छँदा बागबजारदेखि पद्मोदय स्कुलसम्म टुकुचामा पौडि खेलेको रमाईलो सम्झना अझै ताजा छ। काठमाडौंका खोला नाला सफा स्वच्छ र कलकल बग्ने होस्। शुभकामना pic.twitter.com/ctetHU8dWo
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।