बैतडीमा बुहारीमाथि बलात्कारको प्रयास
सांकेतिक तस्विर

बैतडीको सिगास गाउँपालिका वडा नम्बर ५ मा एक ४८ वर्षीय पुरुषमाथि जबरजस्ती करणीको आरोप लागेको छ । बुहारी नाता पर्ने २३ वर्षीय महिलाले आफूमाथि जबरजस्ती करणी गरेको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी हुन् । यही भाद्र १९ गते राति करिब १० बजेको समयमा ढोका फुटाएर जबरजस्ती करणी प्रयास गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गरिएको छ । 

रातिको समयमा सुत्ने कोठामै आएर आफूमाथि हातपात गरेको र बलात्कारको प्रयास गरेको जाहेरीमा उल्लेख गरिएको छ । ‘घरमा छोरी र म थियौँ, ढोका फुटाएर ती पुरुष मेरो सुत्ने कोठामा आए,’ पीडित महिलाले भनिन्, ‘मेरो ढाडमा खुट्टा राखे, अनि घाँटीमा समातेर बलात्कारको प्रयास गरे, लुगा च्याते, अनि मैले नजिकै रहेको हँसियाले प्रतिकार गरेँ, अनि राति नै भागेकी हुँ।’

त्यसको भोलिपल्ट बिहानै वडाका जनप्रतिनिधिहरूलाई आफूमाथि घटेको घटनाको जानकारी गराए पनि वडाबाट कुनै प्रतिक्रिया नपाएपछि आफूले जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएको उनले बताएकी छन् । रोजगारीको सिलसिलामा भारत रहेका श्रीमानलाई घर बोलाएर प्रहरीमा निवेदन दिएको उनले बताइन् । 

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार बुधबार जाहेरी दर्ता भएको र घटनाबारे अनुसन्धान भइरहेको छ । आरोपित पुरुष फरार रहेका छन् ।  





  • प्रकाशित मिति : भदौ ३१, २०७९ शुक्रबार १२:२६:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया