प्रतिनिधिसभा बैठकले राष्ट्रियसभाले संशोधन गरेका तीनवटा विधेयकलाई स्वीकृत गरेको छ ।
प्रतिनिधिसभाको शुक्रबार बसेको दोस्रो बैठकले राष्ट्रियसभाबाट संशोधन भएर आएका तीनवटा विधेयकलाई बहुमतले स्वीकृत गरेको हो ।
बैठकमा पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७९ का सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधन बहुमतले स्वीकृत भएको छ ।
त्यसैगरी बीमा विधेयक, २०७९ का सम्बन्धमा राष्ट्रियसभाबाट भएको संशोधन र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ का सम्बन्धमा राष्ट्रियसभाबाट भएको संशोधन बहुमतले स्वीकृत भएको छ ।
प्रतिनिधिसभाको आगामी बैठक शनिबार दिउँसो १ बजे बस्नेगरी बोलाइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।