भारतबाट हवाई इन्धनसँगै डिजेल र पेट्रोलको मूल्य घटेर आएको छ । डिजेलको मूल्य प्रतिलिटर ४४ पैसा, पेट्रोलको मूल्य ६ रुपैयाँ ५५ पैसा र हवाई इन्धनको मूल्य एक रुपैयाँ ५० पैसा प्रतिलिटरका दरले घटेर आएको निगमले जनाएको छ ।
यसअघि तीन पटकसम्म घटेर नयाँ मूल्य प्राप्त हुँदा पनि निगमले नेपालमा भने इन्धनको मूल्य घटाएको थिएन । नयाँ मूल्यअनुसार निगमलाई अब पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ नाफा र डिजेलमा प्रतिलिटर ५ रुपैयाँ बढी घाटा रहेको निगमले जनाएको छ ।
हाल निगमले पेट्रोल प्रतिलिटर १८१ रुपैयाँ र डिजेल १७८ रुपैयाँ प्रतिलिटर बिक्री गरिरहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।