कांग्रेस सांसद्ले उभिएर अवरोध गरेपछि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं– प्रतिनिधिसभा बैठकमा कांग्रेस संसद्हरुले उभिएर अवरोध जनाएपछि आइतबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित गरिएको छ । 

कांग्रेस नेता मीनेन्द्र रिजालले सरकार गरिरहेका गलत कार्यहरु सच्च्याउनु पर्ने धारणा राखेपछि कांग्रेस नेताहरु उभिएका थिए ।

सभामुख कृष्णबहादुर महराले बारम्बार कांग्रेस सांसदहरुलाई बसिदिएर बैठक सन्चालन गर्ने वातावरण बनाउन अनुरोध गरेका थिए । तर, कांग्रेस सांसदहरुले उनको अनुरोधलाई बेवास्ता गरे । 

‘माननीयज्यूहरु बसिदिनुस्, कतिबेर पछि बस्नुहुन्छ, उठिरहँदा त थकान हुन्छ,’ भन्दै गर्दा सभामुख महराको अनुहारमा मुस्कान पनि छुटिरहेको थियो । 
 





  • प्रकाशित मिति : माघ १७, २०७५ बिहीबार १३:५२:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया