लोसपाले संविधान दिवसका दिन ‘विरोध दिवस’ मनाउने
फाइल तस्बिर

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले ३ असोजमा ‘विरोध दिवस’ मनाउने भएको छ । 

बबरमहलस्थित केन्द्रीय कार्यालयमा शुक्रबार बसेको लोसपाको केन्द्रीय कार्यकारिणी समिति बैठकले यस्तो निर्णय गरेको एक नेताले बताए । बैठकमा आसन्न निर्वाचनका लागि समानुपातिक तर्फको उम्मेदवारको बन्द सूची बुझाउने लगायतका विषयमा छलफल भइरहेको छ।

३ असोजका दिन देशले संविधान दिवस मनाउँदै आएको छ । तर, लोसपाले भने सधैँ संविधान दिवसको दिन भने विरोध सभा गर्दै आएको छ । ३ असोज २०७२ मा नेपालमा संविधान जारी भएको थियो । संविधान जारी भएको दिन पारेर सरकारले सो दिन सार्वजनिक बिदासमेत दिने गरेको छ ।





  • प्रकाशित मिति : भदौ ३१, २०७९ शुक्रबार १६:०:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया