नागरिकता विधेयक प्रमाणीकरण गर्न माग गर्दै संघर्ष समितिको धर्ना

नागरिकता विधेयकलाई छिटोभन्दा छिटो प्रमाणीकरण गर्न माग गर्दै नागरिकताविहीन संघर्ष समितिले धर्ना दिएको छ ।

नागरिकता विधेयकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शीघ्र प्रमाणीकरण​ गर्नुपर्ने माग गर्दै शनिबार नागरिकताविहीन संघर्ष समितिले माइतीघर मण्डलामा धर्ना दिएको हो । नागरिकता विधेयक संसदको दुवै सदनबाट पारित भएर प्रमाणीकरण​का लागि राष्ट्रपति भण्डारीसमक्ष पुगिसकेको भए पनि उनले हालसम्म प्रमाणीकरण गरेकी छैनन् । 

संघर्ष समितिका अध्यक्ष इन्द्रजित साफीले आफुहरु नेपाली नागरिकताविहीन हुँदा अनेकौँ सास्ती बेहोर्नुपरेको बताए । आफुहरु नेपाली नागरिक बुबाआमाका सन्तान र नेपाली आमाको सन्तानलाई नागरिकता दिनुपर्ने माग गर्दै आन्दोलित भइरहे पनि हालसम्म मागको सम्बोधन नभएको उनले बताए । 

सरकारले आफूहरुको संविधानसम्मत् मागलाई पूरा गर्नुपर्ने र राष्ट्रपतिले नागरिकता विधेयकलाई छिटोभन्दा छिटो प्रमाणीकरण गर्नुपर्ने उनले बताए । धर्नामा सहभागीले आफूहरुको भविष्यमाथि खेलबाड नगर्न सरकारसँग आग्रह गरेका छन् ।  





  • प्रकाशित मिति : असोज १, २०७९ शनिबार १७:५३:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया