लमजुङमा नयाँ भाडादर निर्धारण

लमजुङमा दुई वर्षपछि यात्रुवाहक सवारी साधनहरुको नयाँ भाडा दर लागू भएको छ । जिल्ला भित्रका अस्थायी मार्ग तथा भाडादर निर्धारण समितिको निर्णयानुसार जिल्लाभित्रका सबै सडकहरुमा नयाँ भाडा दर कायम कायम गरेको हो ।

जिल्लामा पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै नयाँ भाडादर कायम गरिएको प्रजिअ सुशील वैद्यको भनाइ छ । 

यातायात सञ्चालन भइरहेका कतिपय सडकमा भाडा दर निर्धारण हुन नसकेपछि यात्रुसँग बढी भाडा लिइरहेको गुनासो बढेको थियो । गुनासो आएपछि स्थानिय प्रशासनले सरोकारवालाहरुसँग समन्वय गरी भाडा दर कायम गरेको हो । 

नयाँ भाडा दर असोज १ अर्थात् शनिबारैदेखि कार्यान्वयन गर्न समितिको बैठकले सम्बन्धित सरोकारवालालाई निर्देशन दिएको छ । बैठकले सदरमुकाम बेसीशहरदेखि राजधानी काठमाण्डौ लगायत पोखरा, चितवन, विरगन्ज, सुनौलीलगायत अन्य जिल्लाका लामो दूरीका सार्वजनिक यातायात र जिल्लाभित्रका ग्रामीण सडकमा समेत नयाँ भाडादर निर्धारण गरेको हो । 

सदरमुकाम बेसीशहरदेखि लामो तथा छोटो दूरीका गरी एकसय ३३ गन्तव्यमा नयाँ भाडा दर निर्धारण गरेको जिल्ला प्रशासन कार्यालय लमजुङले जनाएको छ । 

नयाँ भाडा दर अनुसार न्यूनतम २५ रुपैयाँदेखि जिल्लाभित्रका लागि सातसय ६० रुपैयाँसम्म कायम भएको छ । जिल्लाभित्र सबैभन्दा बढी भाडा पाउँदीदेखि दूधपोखरीको भुम्लीचोकसम्म सातसय ६० रुपैयाँ कायम भएको छ । 



जिल्ला बाहिर मनाङ सदरमुकाम चामेसम्म एकहजार पाँचसय र सुनौलीसम्मका लागि नौसय, विरगंजका लागि आठसय ५० कायम भएको छ । त्यसैगरी, काठमाडौंंका लागि माइक्रोमा सातसय १०, ठूलो बसमा ६ सय ५० नयाँ भाडादर कायम भएको छ ।

पोखराका लागि पाँचसय रुपैयाँ, नारायणगढका लागि माइक्रोमा चारसय ७५, ठूलो बसमा चारसय रुपैयाँ कायम भएको छ । जिल्लाकै पुरानो सदरमुकाम कुन्छादेखि काठमाडौंसम्मको माइक्रो भाडा भने आठसय रुपैयाँ कायम भएको छ ।



  • प्रकाशित मिति : असोज १, २०७९ शनिबार १८:१३:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया