सक्रिय संक्रमितको संख्या एक हजार नौ सय ६६, ६३ जना थपिए

पछिल्लो २४ घण्टामा ६३ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार सात सय ४० जनामा गरिएको परीक्षणमा सो संख्यामा संक्रमित भेटिएका हुन् । 

यस अवधिमा एक सय ३१ जना संक्रमणमुक्त भएका छन्। यो कुल संक्रमणको ९८.६ प्रतिशत हो। सक्रिय संक्रमितको संख्या एक हजार नौ सय ६६ रहेको छ। 

यस्तै, होम आइसोलेसनमा एक हजार नौ सय दुई, संस्थागत आइसोलेसनमा ६४, सघन उपचारकक्ष (आइसियू)मा २० जनाको उपचार भइरहेको छ। 

विगत २४ घण्टामा कोरोना भाइरसविरुद्धको खोप कसैले पनि नलगाएको मन्त्रालयले जनाएको छ । 





  • प्रकाशित मिति : असोज १, २०७९ शनिबार १९:१५:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया