ताइवानमा शक्तिशाली भूकम्प

ताइवानमा शक्तिशाली भूकम्प आएको छ । ताइवानको पूर्वी तटमा ६ दशमलब ६ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगोलिक सर्वेक्षण केन्द्र (युएसजीएस)ले जनाएको छ ।

भूकम्प तटीय सहर ताइतुङबाट करिब ५० किलोमिटर (३० माइल) उत्तरमा १० किलोमिटर गहिराइमा गएको युएसजीएसले जनाएको छ । भूकम्पबाट भएको क्षतिको पूर्ण विवरण सार्वजनिक हुन बाँकी छ । तथापि स्थानीय सञ्चार माध्यमहरूले भूकम्पले खासै क्षति नपुर्याएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । 

ताइवानको केन्द्रिय मौसम व्युरोले भूकम्प ६ दशमलब ४ म्याग्निच्युड रहेको जनाएको छ । दुईवटा टेक्टानिक प्लेटको बिचमा रहेको ताइवानमा बारम्बार भूकम्प जाने गर्छ । ७ म्याग्नेच्युडको भूकम्प नजाँदासम्म सामान्यतया सुनामीको चेतावनी दिइँदैन ।





  • प्रकाशित मिति : असोज २, २०७९ आइतबार ८:२२:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया