पाकिस्तानमा बाढीका कारण डेढ करोड बालबालिका प्रभावित : युनिसेफ

पाकिस्तानमा आएको बाढीबाट १ करोड ६० लाख बालबालिका प्रभावित भएका छन् । प्रभावितमध्ये ३४ लाखलाई तत्काल सहयोगको आवश्यकता पर्ने राष्ट्रसंघले जनाएको छ ।

बाढी प्रभावित क्षेत्रको अवस्था निकै नाजुक रहेको र कुपोषित बालबालिकाले झाडापखाला, डेंगु, ज्वरो र धेरै छालासम्बन्धी रोगसँग जुधिरहेको राष्ट्रसंघीय बाल कोष (युनिसेफ) का प्रतिनिधि अब्दुल्लाह फदिलले बताएका छन् ।

बाढी प्रभावित सिन्ध प्रान्तमा दुई दिने भ्रमण गरेका फदिलले बाढीका कारण ५२८ बालबालिकाको ज्यान गएको जानकारी दिए । बाढीलाई टार्न सकिने उनको भनाइ थियो । 

‘यी प्रत्येक मृत्यु एक त्रासदी हो जुन टार्न सकिन्थ्यो’, उनले भने, ‘एक अनुमानित १ करोड ६० लाख बालबालिकाहरू बाढीबाट प्रभावित भएका छन् । र, कम्तिमा ३४ लाख बालबालिका  तत्काल, जीवन बचाउने सहयोगको खाँचो छ ।’

बाढी प्रकोपको परिमाण बढ्दै जाँदा अन्तराष्ट्रिय सहायता पनि भित्रिने क्रम जारी छ । बाढी प्रभावित पाकिस्तानलाई चीन, बेलायत, क्यानडा, जापानलगायत देशले सहयोग प्रदान गरेका छन् । 





  • प्रकाशित मिति : असोज २, २०७९ आइतबार ८:२६:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया