आजको मौसम : प्रदेश-१ र बागमतीमा भारी वर्षाको सम्भावना
फाइल तस्बिर

आज बिहान सुदूरपश्चिम र लुम्बिनीमा वर्षा भइरहेको छ । दिउँसो मुलुकका पहाडी भू–भागका केही स्थान र बाँकी भू–भागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

प्रदेश–१ र बागमतीका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । राति प्रदेश–१, बागमती, लुम्बिनी र सुदूरपश्चिमका थोरै स्थान र बाँकी प्रदेशका एक/दुई स्थानमा वर्षाको प्रक्षेपण महाशाखाले गरेको छ ।

सोमबार लुम्बिनी र सुदूरपश्चिमका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।  
 





  • प्रकाशित मिति : असोज २, २०७९ आइतबार ८:४१:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया