घुस रकमसहित पक्राउ परेका उपसचिव नेपालविरुद्ध अख्तियारले दायर गर्‍यो भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ लाख रुपैयाँ घुससहित पक्राउ गरेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपालविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ । ​आइतबार विशेष अदालतमा उनीविरुद्ध मुद्दा दर्ता गरिएको हो । 

प्याराग्लाइडिङ सञ्चालन गर्ने अनुमति दिने प्रयोजनका लागि सेवाग्राहीसँग ६ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा अख्तियारको टोलीले उनलाई पक्राउ गरेको थियो ।

अख्तियारको टोलीले उनको कारको खानतलासी गर्दा थप १६ लाख ५० हजार रुपैयाँ बरामद गरेको थियो । नेपालले बिबी एयरवेज प्रालिको इजाजत नवीकरण सम्बन्धी कार्य सम्पादन गरेको अख्तियारको अनुसन्धानमा देखिएको छ ।

उनले आफूले बिबी एयरवेज प्रालिका प्रमुख कार्यकारी अधिकृत हरिभक्त श्रेष्ठसँग १६ लाख ५० हजार रुपैयाँ सापटी लिएको बयान दिएका थिए । तर, उक्त रकम नेपालले सापटी नभई घुस वापत लिएको अख्तियारको दाबी छ । अख्तियारले उक्त १६ लाख ५० हजार रुपैयाँ जफत गरी पाउन माग दाबी लिएको छ । 





  • प्रकाशित मिति : असोज २, २०७९ आइतबार १४:३२:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया