नेपाल–युएई टी–२० सिरिज
युएईले दियो १ सय ५४ रनको लक्ष्य

काठमाडौं– पहिलो टी–२० क्रिकेट प्रतियोगितामा युएईले नेपाललाई १ सय ५४ रनको लक्ष्य दिएको छ । बिहीबार टस हारेर ब्याटिङको निम्तो पाएको पाएको युएईले २० ओभर खेल्दै ६ विकेट गुमाएर १ सय ५३ रन बनायो । 

सुरुमै विकेट गुमाएको युएईले त्यसपछि समालिएर खेल्दा सम्मानजनक स्कोर बनायो । युएईले दोस्रो ओभरको पहिलो बलमै विकेट गुमाएको थियो । सन्दीप लामिछानेले अस्फाक अहमदको विकेट लिँदा युएईको स्कोर बोर्डमा ३ रन मात्रै थियो । 

युएईका लागि साइमन अन्वारले सर्वाधिक ५९ बनाए । ३८ बलको सामना गरेका उनले ५ चौका र २ छक्का प्रहार गरे । 

युएईको सम्मानजनक स्कोर बनाउन मोहम्मद अस्मनले ३० र रिजवनले २२ रन जोड्दा मोहम्मद भोता २० रनमा नटआउट रहे । 

नेपालका सन्दीप लामिछाने र वसन्त रेग्मीले समान २ विकेट लिए । ४ ओभर बलिङ गरेका सन्दीपले २५ रन खर्चे भने वसन्तले २३ रन दिए । 

नेपालका लागि सोमपाल कामी तथा अभिनाश बोहोराले १ –१ विकेट लिए । 
 





  • प्रकाशित मिति : माघ १७, २०७५ बिहीबार १६:५६:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया