अनुशासन उल्लंघन गरेकामा फुटबल क्लब र क्याप्टेनलाई एक वर्षे प्रतिबन्ध

खोटाङ फुटबल संघले खेल अनुशासन उल्लंघन गरेको भन्दै एक क्लब र एक टिम क्याप्टेनलाई एक वर्षका लागि प्रतिबन्ध लगाएको छ ।

समता फुटबल क्लवले भदौ २५ गतेदेखि एक हप्तासम्म दिक्तेलमा सञ्चालन गरेको फुटबल प्रतियोगीताको सेमिफाइनल खेलमा गालीगलौज र अभद्र व्यवहार गरेकामा युवा जागरण क्लब र माटिकोरे युवा क्लवका क्याप्टेन दिपक खत्रीलाई एक वर्षका लागि प्रतिबन्ध लगाउने निर्णय गरेको हो । 

युवा जागरण क्लबका अध्यक्ष राजु आचार्य र माटिकोरे युवा क्लवका क्याप्टेन खत्रीले आयोजक, म्याच कमिस्नर र खोटाङ फुटबल संघका पदाधिकारीले पटक–पटक सचेत गराउँदा पनि अटेर गरी गालीगलौज र अभद्र व्यवहार गरेकाले जिल्लामा हुने सम्पूर्ण फुटबल खेलमा एक वर्ष प्रतिबन्ध लगाइएको हो ।

खोटाङ फुटबल संघका अध्यक्ष ध्रुवविक्रम राईले आइतबार विज्ञप्ति जारी गर्दै शनिबारको बैठकबाट युवा जागरण क्लव र माटिकोरे युवा क्लबका क्याप्टेनलाई प्रतिबन्ध लगाउने निर्णय गरिएको जानकारी दिएका छन् । 





  • प्रकाशित मिति : असोज २, २०७९ आइतबार १७:४२:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया