सहज जित निकाल्दै आर्सनल प्रिमियर लिगको शीर्ष स्थानमा

इंग्लिस प्रिमियर लिगअन्तर्गत आज सम्पन्न खेलमा आर्सनल विजयी भएको छ । 

ऊ घरेलु टोली ब्रेन्टफोर्ड युनाइटेडविरूद्व  ३–० ले विजयी भएको हो । यो जितसँगै आर्सनल लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

जिटेक स्टेडियममा खेलको १७औं  मिनेटमा विलियम सालिबाको गोलमार्फत आर्सनलले अग्रता लिएको थियो । २८ औं मिनेटमा ग्राबियल जिससले पाहुना टोलीको अग्रता दोब्बर बनाए ।

४९ औं मिनेटमा फाबियो भियराले गोल गर्दै आर्सनललाई ३–० को सहज जित दिलाए ।

जितसँगै आर्सनलले सात खेलमा १८ अंक जोड्दा पराजित ब्रेन्टफोर्ड समान खेलबाट ९ अंकका साथ नवौं स्थानमा छ ।





  • प्रकाशित मिति : असोज २, २०७९ आइतबार १८:४६:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया