देउवाले मुख्यमन्त्री बन्न पाउँदैनस् भने भने सांसदको टिकट पनि फालेर हिँड्छु : मन्त्री खड्का

गण्डकी प्रदेशका भौतिक पूर्वाधारमन्त्री तथा कांग्रेस नेता कुमार खड्काले आफु मुख्यमन्त्री बन्नका लागि मात्रै सांसदको चुनाव लड्ने बताएका छन् । उनले कास्की क्षेत्र नम्बर २ (ख)बाट चुनाव लड्न दाबी गरेका छन् । 

अखण्ड पार्टीका नेता खड्का अघिल्लो निर्वाचनमा कांग्रेस पसेका हुन् । कांग्रेस छिर्नेबित्तिकै प्रदेशको समानुपातिक सांसद बनेका खड्का अहिले प्रत्यक्ष उम्मेद्वार बन्ने तयारीमा छन् ।

उनले फेसबुकमा आफ्नो समर्थक समूहको पेज नै बनाएर प्रचार गरिरहेका छन् । टिकटका लागि खड्कासँगै हालका सांसद विन्दुकुमार थापा पनि रेसमा छन् । उनी अघिल्लो चुनावमा कास्कीका ६ वटा प्रदेशसभा क्षेत्र मध्ये कांग्रेसबाट जित्ने एक्लो सांसद हुन् ।

आफ्ना समर्थकको भेलामा मन्त्री खड्काले आफू आगामी निर्वाचनपछि मुख्यमन्त्री नबन्ने भए सांसदको टिकट समेत फालेर हिँड्ने चेतावनी दिएका छन् ।

‘मलाई शेरबहादुर देउवाले टिकट दिन्छु, तर मुख्यमन्त्रीको दौडबाट बाहिर हुनुपर्छ भन्नुभयो भने टिकट पनि फालेर हिँड्छु । मलाई सांसद हुनका लागि, मन्त्री भएर जागिर खानका लागि टिकट चाहिएको होइन,’ उनले भने, ‘पोखरामा एउटा मनिपाल आउँदा फुलबारी क्षेत्रका नागरिकको काँचुली फेरियो । त्यस्ता धेरै संस्था ल्याउँछु । धेरैले रोजगारी पाउँछन् ।’

उनले आफ्ना क्षेत्रका युवाहरुलाई विदेश पठाउने सपना पूरा गर्नका लागि चुनावको प्रतिस्पर्धामा रहेको बताएका छन् । ‘गण्डकी प्रदेशलाई जापान, साउथ कोरिया, अमेरिका, अष्ट्रेलियासँग एमओयू गरेर यहाँका युवाहरुलाई, शिक्षक, विद्यार्थी, महिला, समाजसेवी, कृषकलाई पठाउने, राजा महेन्द्रका पालामा विदेश जान जति सजिलो थियो, गण्डकीका नागरिकलाई पठाउनका लागि मेरो स्वप्न थियो । त्यसलाई साकार बनाउन मलाई अझै समय पुगेन । त्यसैले मैले यो आकांक्षा गरेको हुँ,’ उनले अघि भने ।



नेपाली कांग्रेसले यसअघि समानुपातिक सांसद बनेकाहरुलाई नदोहो¥याउने परिपत्र जिल्लामा पठाएपछि खड्काले प्रत्यक्ष चुनाव लड्ने तयारी गरेका हुन् ।



  • प्रकाशित मिति : असोज २, २०७९ आइतबार २१:१३:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया