खेल क्षेत्रका २१ जना विभिन्न पदकबाट विभूषित हुने

संविधान दिवसका अवसरमा खेल क्षेत्रका २१ जना विभिन्न मानपदवी, अलंकार र पदकबाट विभूषित हुने भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट खेल क्षेत्रका २१ जना विभिन्न पदकबाट विभूषित हुने भएका हुन् ।

तेक्वान्दोका कीर्तिमानी पूर्वखेलाडी दीपक विष्ट प्रबल जनसेवाश्री पदकबाट विभूषित हुने भएका छन् । पौडीकी ओलम्पियन गौरीका सिंह राष्ट्रदीप पदक तथा पूर्व एथलेटिक्स खेलाडी एपिएफकी प्रमिला रिजाल प्रताप भुषणबाट विभूषित हुने भएका छन् ।

यस्तै, जनसेवाश्री पदकबाट भलिबल प्रशिक्षक जगदीश भट्ट, ट्रयायथालन संघका अध्यक्ष निलेन्द्र राज श्रेष्ठ, फेन्सिङका महासचिव सुजनलाल श्रेष्ठ, खेलकुद प्रवर्द्धक जगतबहादुर खड्का, पारा ओलम्पियन पलेशा गोबद्र्धन, फुटबल प्रशिक्षक अरुणा गुरुङ, महिला भलिबल टोलीकी कप्तान अरुणा शाही र तेक्वान्दो खेलाडी भजिन्द्र बहादुर क्षेत्री विभूषित हुने भएका छन् ।

सुकीर्ति पदकबाट विभूषित हुने खेलाडीमा कल्पना परियार, जयरानी थारू, जीवन थारू, तिलकबहादुर देउजा, रेणुका श्रेष्ठ, दीपक महर्जन, प्रशान्त मल्ल, श्याम गुरुङ, मोतिकला गुरुङ र रञ्जित तामाङ छन् ।

सरकारले यस वर्ष ९९८ जनालाई विभिन्न मानपदवी र अलंकार र पदकबाट विभूषित गर्ने घोषणा गरेको छ । विभिन्न क्षेत्रमा सक्रिय व्यक्तिलाई सरकारले संविधान दिवसका अवसरमा पदक दिँदै आएको छ । 





  • प्रकाशित मिति : असोज ३, २०७९ साेमबार १०:३५:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया