बंगलादेश महिला साफको नयाँ विजेता,  फाइनलमा नेपाल पराजित

छैटौँ  संस्करणको महिला साफ च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको  छ । उसले आज सम्पन्न फाइनलमा घरेलु टोली नेपाललाई ३–१ ले हराउँदै बंगलादेशले पहिलोपटक साफ च्याम्पियनसिपको उपाधि जितेको हो ।

त्रिपुरेश्वरस्थित  दशरथ रंगशाल मा बंगलादेशलाई जित दिलाउन श्रीमोती सरकारले दुई  तथा सामसुनाहरले एक गोल गरे । नेपालका लागि अनिता बस्नेतले एक गोल फर्काइन् ।

खेलको १४ औं मिनेटमा सामसुनाहरले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएकी थिइन् । ४२ औं मिनेटमा सरकारले गोल गरेपछि बंगलादेशले पहिलो हाफमा २–० को अग्रता लिएको थियो । 

६९ औं  मिनेटमा अनिताले गोल गर्दै नेपाललाई २–१ को अवस्थमा ल्याइन । ७७ औं मिनेटमा सरकारले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३–१ को जित दिलाइन् ।

बंगलादेशले दोस्रो प्रयासमा साफ उपाधि जितेको हो । यसअघि उसले २०१६ को फाइनलमा भातरसँग पराजय बेहोरेको छ । हारसँगै पहिलोपटक साफ जित्ने सपना अधुरै बन्दा नेपालले पाँचौपटक उपविजेतामै चित्त बुझाएको छ ।

यसअघिल नेपाल २०१०,२०१२,२०१४ र २०१९ मा भारतसँग पराजित हुँदै उप विजेतामै सिमित बनेको थियो ।



सेमिफाइनलमा नेपालले साबिक विजेता भारतलाई १–० तथा बंगलादेशले भुटानलाई ८० ले हराउँदै उपाधि भिडन्त पक्का गरेका थिए ।



  • प्रकाशित मिति : असोज ३, २०७९ साेमबार १९:३:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया