राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री शीतल निवासमा

राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटका लागि प्रधानमन्त्री शेरबहादुर देउवा शीतल निवास पुगेका छन् । राष्ट्रपतिलाई भेट्न जानुअघि प्रधानमन्त्री देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका थिए । 

भेटमा नागरिक विधेयकका विषयमा छलफल भएको स्रोतको दाबी छ । राष्ट्रपतिले सन्देशसहित फिर्ता पठाएको विधेयकलाई संघीय संसदका दुवै सदनले जस्ताको तस्तै पास गरेकी थिइन् । 

पास गरेर प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पठाएको १४ दिन भइसकेको छ । यसरी गएको विधेयकलाई राष्ट्रपतिले १५ दिनभित्रमा प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ । 

तर, राष्ट्रपति भण्डारीले जस्ताको तस्तै विधेयक पास गरेको पठाएको भन्दै असन्तुष्टि जनाइरहेकी छन् । 





  • प्रकाशित मिति : असोज ३, २०७९ साेमबार १९:९:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया