विद्यालयमा शैक्षिक क्यालेण्डर अनिवार्य लागू गर्न शिक्षामन्त्रीको निर्देशन

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शैक्षिक संस्थाहरुमा तालबन्दी गर्नै नमिल्ने बताएका छन् । शैक्षिक संस्थाजस्तो पवित्र स्थलमा तालाबन्दी गर्न नमिल्ने उनको भनाइ थियो । 

राष्ट्रिय परीक्षा बोर्डले सोमबार काठमाडौंमा आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री पौडेलले शैक्षिक संस्थामा कुनै समस्या भए समाधान गर्नका लागि छलफल र बहस गर्न सकिने उल्लेख गर्दै त्यसका लागि तालाबन्दी नै गर्न आवश्यक नभएको पनि स्पष्ट पारे । 

शैक्षिक क्यालेन्डर आगामी शैक्षिक सत्रदेखि लागू हुने गरी आवश्यक तयारी गर्न उनले राष्ट्रिय परीक्षा बोर्ड र विश्वविद्यालयहरुलाई निर्देशन दिए परीक्षा दिएकाहरुले समयमै रिजल्ट समेत प्राप्त गर्न नसकेको विद्यमान अवस्थाबारे चित्रण गर्दै शिक्षामन्त्री पौडेलले अब शैक्षिक क्यालेण्डर अनिवार्य लागू गरी ती समस्या समाधान गर्नुपर्ने स्पष्ट पारे । 

मन्त्री पौडेलले त्यसका लागि आवश्यक कानुनी व्यवस्था गर्नुपर्ने भए आफूले त्यसका लागि तत्काल पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे । 





  • प्रकाशित मिति : असोज ३, २०७९ साेमबार १९:४७:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया