देशहरुसँग आइडियोलोजीका आधारमा सम्बन्ध हुँदैन, हामी क्यारमबोर्डको गोटी बन्न चाहन्नौँ : मन्त्री बाँस्कोटा

काठमाडौं– सरकारले विदेशी देशहरुसँग कुनै आइडियोलोजीका आधारमा सम्बन्ध नहुने बताएको छ । भेनेजुएला प्रकरणमा सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जारी गरेको विज्ञप्तिपछि विकसित परिस्थितितर्फ संकेत गर्दै सरकारका प्रवक्ता, सञ्चर तथा सूचना–प्रविधि मन्त्री गोकुल बाँस्कोटाले नेपाल कुनै पनि देशको गोटी नबन्ने प्रस्ट्याएका हुन् । 

‘मित्र राष्ट्रहरु छन् । देशहरुबीच आइडियोलोजीको हिसाबमा सम्बन्ध हुँदैनन्,’ बिहीबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने पत्रकार सम्मेलनमा  मन्त्रस् बाँस्कोटाले भने, ‘देशहरुको सम्बन्ध देशहरुको हितको आधारमा, पारस्परिकताको आधारमा र आफ्ना समान चासो र इच्छाका आधारमा हुन्छ ।’

भेनेजुएला प्रकरणमा परराष्ट्र मन्त्रालयले सरकारको स्पष्ट धारणा सार्वजनिक गरिसकेकाले अब यो प्रकरण धेरै नचर्कने उनले बताए । कुनै पार्टीले राख्ने धारणालाई सरकारसँग जोड्न नहुने उनको तर्क छ । 

नेपाल आफ्नो सन्तुलित पराष्ट्र नीतिबाट निर्देशित हुने भन्दै उनले भने, ‘हामी भूपि शेरचनको कविताजस्तो क्यारेमबोर्डका गोटी बन्न चाहँदैनौँ ।’





  • प्रकाशित मिति : माघ १७, २०७५ बिहीबार १९:१५:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया