चितवनमा डेंगुको संक्रमणबाट एक युवकको मृत्यु

पूर्वी चितवनको रत्ननगरमा डेंगुबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर–१ का २७ वर्षीय युवक रहेका छन् ।

उनको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो । डेंगु संक्रमणका पुष्टि भएर उपचारका क्रममा उनको मृत्यु भएको  अस्पतालका फिजिसियन डा. आलोक प्रधानले जनाएको छ । 

अध्ययनका क्रममा काठमाडौं बस्दै आएका उनमा ज्वरोका कारण पुरानो मेडिकल कलेजमा भर्ना भएका थिए ।

जिल्लामा हालसम्म ४२९ जनामा डेंगुको सङक्रमण पुष्टि भएको छ । जिल्लामा भेटिएका डेंगुका बिरामीमध्ये ६२ जनाको ठेगाना नखुलेको र १०६ जिल्ला बाहिरका रहेका छन् ।





  • प्रकाशित मिति : असोज ४, २०७९ मंगलबार १०:१३:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया