चोटका कारण लोरिस र हर्नान्डेज फ्रेन्च टोलीबाट बाहिर

युइएफए नेसन्स लिगअन्तर्गत अस्ट्रिया र डेनमार्कविरुद्धको खेलका लागि घोषित फ्रेन्च टोलीबाट नियमित कप्तान तथा गोलकिपर ह्युगो लोरिस र डिफेन्डर थियो हर्नान्डेज बाहिरिएका छन् ।

फ्रेन्च फुटबल संघले लोरिस र हर्नानडेज चोटका कारण टोलीबाट बाहिरिएको जनाएको छ । यसअघि नै पाउल पोग्बा, एनगोलो कान्टे, करिम बेन्जेमा, लुकास हर्नान्डेज र किंग्सले कोम्यान पनिचोटका कारण टोलीबाट बाहिरिसकेका थिए । 

फ्रान्सले बिहीबार अस्ट्रियाको भ्रमण गर्नेछ भने त्यसको तीन दिन पछि डेनमार्कविरुद्ध खेल्नेछ । लोरिसको स्थानमा नान्टेसका गोलकिपर अल्बान लाफोन्ट तथा हर्नानडेजको स्थानमा एस्टन भिल्लाका डिफेन्डर लुकास डिग्नेलाई टोलीमा समावेश गरिएको छ । 

प्रतियोगिताअन्तर्गत लिग वानको समूह ‘ए’ मा रहेको फ्रान्स चार खेलबाट समान दुई जित र हारको नतिजासहित दुई अंकका साथ पुछारमा छ । 

फ्रेन्च टोली 

गोलकिपर : अल्बान लाफोन्ट,माइक मैगनन,अल्फोन्स एरोला 



डिफेन्डर : बेनोइट बादियाशीले, जोनाथन क्लाउस, लुकास डिग्ने, जुलेस कुण्डे,फेर्ल्यान्ड मेन्डी, बेन्जामिन पाभार्ड, विलियम सलिबा, डेयोट उपमेकानो, राफेल भाराने 

मिडफिल्डर : एडुआर्डो कामाभिङ्गा, युसुफ फोफना,माटिओ गुएन्डोजी,एड्रिएन राबियोट,ओरेलियन चाउमेनी



फरवार्ड : ओलिभर जिरुड,ओस्माने डेम्बेले,केलियन एम्बाप्पे, एन्टोइन ग्रिजम्यान, रान्डल कोलो मुआनी, क्रिस्टोफर एनकुन्कु

  • प्रकाशित मिति : असोज ४, २०७९ मंगलबार ११:४८:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया