अनशन जारी राख्ने डा. केसीको अडान

काठमाडौं– राष्ट्रिय सभाबाट चिकित्सा शिक्षा विधेयक पास भएपछि बिहीबार डा. गोविन्द केसीले आमरण अनशन जारी राख्ने बताएका छन् । २३ दिनदेखि अनशनरत डा. केसीलाई भेट्न पुगेका कांग्रेस सभापति शेरबहदुर देउवाले ‘ज्यान जोखिममा नपार्न’ अनशन तोड्न आग्रह गरेका थिए । 

जवाफमा डा. केसीले अनशन जारी राख्ने बताएका थिए । यत्तिका दिन बितिसक्दा पनि सरकारले संवाद गर्नुको साटो उल्टै सत्तारुढ दलका कार्यकर्तालाई अनशनविरुद्ध प्रदर्शनमा उतारेपछि दिग्दारिएका डा. केसीले सहयोगीहरुलाई पनि अनशन जारी राख्ने बताएका छन् । 

सरकारले भने चिकित्सा शिक्षा विधेयक पास भएसँगै डा. केसीका माग पूरा भइसकेकाले केसी अनशनकाे औचित्य सकिएको बताएको छ । बिहीबार नै मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गाेकुल बाँस्काेटाले प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट चिकित्सा शिक्षा विधेयक पास भइसकेको अवस्थामा अनशन जारी राख्नुको कुनै औचित्य नरहने तर्क गरेका छन् ।






  • प्रकाशित मिति : माघ १७, २०७५ बिहीबार २१:१३:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया