डेंगुलाई नियन्त्रणमा ल्याउन सबैले एकजुट भएर काम गर्न आवश्यक : प्रधानमन्त्री

प्रधानमन्त्री शेरशहादुर देउवाले सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन सक्दो प्रयास गरिरहेको बताएका छन् । मंगलबार काठमाडौंमा भएको नेपाल चिकित्सक संघको दोस्रो राष्ट्रिय शिखर स्वास्थ्य सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

प्रधानमन्त्री देउवाले स्वास्थ्य पूर्वाधार सेवाहरुको बिस्तार र सुदृढीकरण गरी हाल देखापरेका महामारीलाई नियन्त्रणमा ल्याउन र अर्थतन्त्रलाई चलायमान बनाउन सक्दो प्रयास गरिरहेको बताए । सबैको समन्वयबाट कोभिड १९ र डेंगुलाई नियन्त्रण गरी मुलुकलाई सामान्य अवस्थामा फर्काउन सफल हुने उनले विश्वास व्यक्त गरे । 

प्रधानमन्त्री देउवाले सरकारले सुरुदेखि नै जनस्वास्थ्यका मापदण्डहरुको निर्धारण, पालना, खोप लगायतका आवश्यक सामग्रीहरुको आपूर्ति वितरण र कोभिड १९ र डेंगु रोगबाट बिरामीको उपचार र व्यवस्थापनमा जोड दिँदै आइरहेको बताए । कोरोना महामारीबाट पूर्ण मुक्त हुन नपाउँदै पुनः डेंगु रोगबाट पीडित हुन पुगेको भन्दै उनले कोरोना र डेंगुबाट निधन भएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गरे । 

प्रधानमन्त्री देउवाले विज्ञहरुको छलफल, परामर्श र नीतिगत सुधारका विषयलाई सरकारले प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए । स्वास्थ्य क्षेत्र बहुआयामिक विषय भएकाले यस क्षेत्रमा देखापर्ने कुनै पनि समस्या समाधानका लागि सामूहिक प्रयत्न र सहकार्यको आवश्यकता रहेको उनले बताए । डेंगुलाई नियन्त्रणमा ल्याउन सबैले एकपटक एकजुट भएर काम गर्न आवश्यक रहेको उनले बताए । 





  • प्रकाशित मिति : असोज ४, २०७९ मंगलबार १८:५०:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया