जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगर्नु संविधानको उल्लघंन भएको बताएका छन् ।
प्रतिनिधिसभा र राष्ट्रियसभाबाट दुई/दुईपटक पारित भएर राष्ट्रपति भण्डारीसमक्ष प्रस्तुत गर्दा पनि प्रमाणीकरण नहुनु संविधानको उल्लघंन र संसदीय लोकतान्त्रिक प्रणालीको मर्ममाथि प्रहार भएको उनको भनाइ छ ।
‘संसदको दुवै सदनबाट दुई/दुई पटक पारित भएको नागरिकता विधेयकलाई राष्टपतिले प्रमाणीकरण नगर्नु संविधानको ठाडो उलंघन र संसदीय लोकतान्त्रिक प्रणालीको मर्ममाथि प्रहार हो,’ यादवले सामाजिक सञ्जालमा लेखेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।