राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको विरोधमा सिराहामा जनमत पार्टीका कार्यकर्ताहरूले प्रदर्शन भएको छ ।
राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेको विरोधमा सिराहाको धनगढीमाई नगरपालिका–८ स्थित कसहा चौकमा सिके राउत नेतृत्वको जनमत पार्टीले विरोध प्रदर्शन गरेको हो ।
दर्जनाैँकाे संख्यामा रहेका प्रदर्शनकारीले सडकमा टायर बालेर करिब १ घण्टा सवारी आवागमनमा समेत अवरोध गरेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।