लमजुङमा दुई हजार ६५ मतदाता थपिए

वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनपछि लमजुङमा दुई हजार ६५ मतदाता थपिएका छन् । 

योसँगै जिल्लामा जम्मा एक लाख ३३ हजार ५५९ मतदाताले मतदान गर्न पाउने भएका छन् । जसमध्ये ६८ हजार २८८ महिला र ६५ हजार २७१ पुरुष मतदाता छन् ।

प्रदेश सभा क तर्फ महिला मतदाता ३१ हजार ८७२ र ३१ हजार ७०३ पुरुष गरी जम्मा ६३ हजार ५७५ मतदाता छन् । 

त्यस्तै प्रदेश सभा ख तर्फ ३६ हजार ४१५ महिला र ३३ हजार ५७८ पुरुष गरी जम्मा ६९ हजार ९८४  मतदाता रहेका छन् ।





  • प्रकाशित मिति : असोज ५, २०७९ बुधबार १८:२:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया