प्रहरीले मदिरा सेवन गरेर सर्वसाधारणलाई कुटे, एक जना गम्भीर घाइते
घाइतेको जनकपुरधामस्थित जानकी हेल्थ केयरमा उपचार हुँदै

जनकपुरधाममा प्रहरीले मदिरा सेवन गरेर सर्वसाधारणलाई कुटपिट गरेको आरोप लागेको छ । प्रहरी सहायक निरीक्षक गयाप्रसाद चौधरी र प्रहरी हवल्दार धर्मेन्द्रप्रसाद साहले गस्तीमा मदिरा सेवन गरेर निर्दोष नागरिकलाई निर्घात कुटपिट गरेको आरोप लगाइएको हो ।

चौधरी र साहले बुधबार राति करिव ९ बजेको समयमा मदिरा सेवन गरी महोत्तरीको जलेश्वर नगरपालिका वडा नम्बर–१२ थरुवाही घर भई जनकपुरधाम–४ मा बस्दै आएका १८ वर्षीय सुमितकुमार यादव र उनकी आमा ३८ वर्षीया निर्मला देवीलाई निर्घात कुटपिट गरेको बताइएको छ । 

स्थानीयका अनुसार प्रहरीको कुटाई बाट आमा छोरा गम्भीर घाइते भई जनकपुरधामस्थित जानकी हेल्थ केयरमा उपचार गराइरहेका छन् ।

बुधबार राति सुमित आफ्ना साथीहरूसँग मोटरसाइकलमा सबार भई घरतर्फ गइरहेका बेला उनको घर नजिकै दुई जना प्रहरीले उनको मोटरसाइकल रोकी गाडीको कागजात र लाइसेन्स माग्दै हप्काएका थिए । सुमितसँग उनको लाइसेन्स नभएकोले मदिराको नशामा रहेका प्रहरी सहायक निरीक्षक चौधरी र हवल्दार साहले ले उनलाई निर्घात कुटपिट गरेको स्थानीयले बताए ।

छोरालाई प्रहरीले कुटपिट गरिरहेको देखेर बचाउन जाँदा प्रहरीले उनकी आमालाई समेत हेल्मेट लिएर टाउकोमा प्रहार गरी घाइते भएको बताइएको छ । अहिले आमा छोरा दुवै जनाको उपचार भइरहेको छ । घाइते सुमितलाई गम्भीर चोट लागेको उपचारमा संलग्न जानकी हेल्थ केयरका चिकित्सक डाक्टर शशिशेखर अधिकारीले बताए ।

प्रहरीले आमा छोरालाई कुटपिट मात्र नगरी सुमितलाई कुटपिट गरिरहेको भिडियो बनाई रहेका स्थानीय २५ वर्षीय रबी चौधरीलाई समेत पक्राउ गरेको छ । घटना सम्बन्धमा बुझ्न धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीलाई पटक पटक फोन गर्दासमेत उनको फोन उठेन । 





  • प्रकाशित मिति : असोज ६, २०७९ बिहीबार १६:३४:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया