जनकपुरधाममा राष्ट्रपतिविरुद्ध विरोध प्रदर्शन जारी
फरकधार / ६ असोज, २०७९

जनता समाजवादी पार्टी (जसपा) नेपालले आज दोस्रो दिन पनि जनकपुरधाममा राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध विरोध प्रदर्शन गरेको छ ।
 
नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपति भण्डारीको विरोधमा जसपाका नेता कार्यकर्ताहरूले स्थानीय जनकचोकमा विरोध प्रदर्शन गरेका हुन् । 

जसपाका नगर अध्यक्ष विष्णुदेव साहले राष्ट्रपतिको असंवैधानिक कदमकाविरुद्ध आफूहरूले विरोध प्रदर्शन गरेको बताए । 

उनले राष्ट्रपति भण्डारीले संविधानलाई अवज्ञा गरेकाले बाध्य भएर आन्दोलनमा उत्रिनु परेको बताए ।



राष्ट्रपतिको कदम असंवैधानिक भएको भन्दै मधेसवादी दलहरू बुधबारदेखि नै आन्दोलित भएका छन् ।



प्रतिनिधिसभाले पठाएको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले दोस्रोपटकमा पनि प्रमाणीकरण नगरेपछि अहिले उनको व्यापक आलोचना भइरहेको छ ।

  • प्रकाशित मिति : असोज ६, २०७९ बिहीबार १८:१५:१,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया